सांग्रिला बैंक दार्चुला शाखाद्धारा साक्षरता कार्यक्रम गरियो

२ बर्ष अघि

२0७८ कार्तिक ९ मंगलवार

सांग्रिला बैंक दार्चुला  शाखाद्धारा साक्षरता कार्यक्रम गरियो

दार्चुला । सांग्रिला डेभलपमेन्ट बैंक दार्चुला शाखाले आफ्नो १७औं बाषिकोत्सवको अवसरमा महेन्द्र नमुना मावि खलंगा दार्चुलामा साक्षरता कार्यक्रम गरेको छ । 
सांग्रिला डेभलपमेन्ट बैंकको १७ औँ बार्षिकोउत्सवको पुर्व सन्धयामा साता व्यापि कार्यक्रम अन्तरगर मंगलबार उक्त विद्यालयमा कार्यक्रम गरेको हो ।  बषर््िाकोउत्सव कार्यक्रमलाई सफल पार्न देशभर साताब्यापी कार्यक्रम गर्न लागेको सांग्रिला डेभलपमेन्ट बैंक शाखा दार्चुलाका प्रवन्धक प्रकाश रेग्मीले जानकारी दिनु भयो । 


बैंकले १७ वर्ष पुरा गरी १८ वर्ष प्रवेश गरेको अवसरमा विबिध कार्यक्रमको आयोजना गरि मनाईने भएकाले आज महेन्द्र नमूना माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थिहरुलाई बैंकको प्रयोग तथा पारदर्शिता र भावि दिनमा गर्ने कामका बारेमा पनि जानकारी गराएका छन् ।   सांग्रिला बैंकको दार्चुला शाखाले संस्थागत सामाजिक उत्तर दायित्वका अन्य कार्यक्रमहरु ग्रि यहि कार्तिक १३ गते विभिन्न कार्यक्रमका साँथ सांग्रिला डेभलपमेन्ट बैंकको १७औं बाषिकोत्सवका मनाईने दार्चुला शाखाका प्रमुख प्रकाश रेग्मीले बताउनु भयो ।