हप्ता दिन पछि महाकाली लोकमार्ग खुल्याे

२ बर्ष अघि

२0७८ कार्तिक ९ मंगलवार

हप्ता दिन पछि  महाकाली लोकमार्ग खुल्याे

दार्चुल । दार्चुला जिल्ला सदमुकामा खलंगा नजिकै किम्तडी भिरमा सडक भाँसिएर अवरुद्ध बनेको महाकाली लोकमार्ग सुचारु भएको छ । भिर काटेर  सडक खुलाइएको हो । गत आईतबार देखि बुधबार सम्म भएको अबिरल वर्षाका कारण महाकाली लोकमार्ग अन्तरगत गोकुलेश्वर–खलंगा सडक खण्डको महाकाली नगरपालिका –५ किमतडिमा  सडक भासिएर यातायातका साधनहरु चल्न सकेका थिएनन् ।  सोमबार बेलुकी आ‌ंशिक रुपमा यातायातका साधनहरुले पास पाएको र मंगलबारदेखि पूर्ण रुपमा सडक सञ्चालनमा आएको यातायात व्यावसायीहरुले बताएका छन् । 
 
सडक अवरुद्द भएपछि एक हप्तासम्म यात्रु र यातायातका साधनहरु समस्यामा परेका थिए । अत्यावश्यक काम परेका यात्रुहरुले सडक भासिएको क्षेत्रबाट गाडी परिवर्तन गरेर यात्रा गरिरहेका थिए । छोटो तथा लामो दुरीको यात्रा गर्ने यात्रुहरुले बिच बाटोमा सडक अवरुद्ध हुदा सास्ती भोग्नुपर्ने बाध्यता सिर्जना भएकोमा सडक खुलेसंगै सहज हुने भएको छ । भिर काटेर सडक खुलाइएसंगै यातायातका साधनहरु सञ्चालन हुन थालेको प्रहरीले जनाएको छ ।