एमाले महाकाली ५ को वडा अध्यक्षमा विजय सिह ऐरी

२ बर्ष अघि

२0७८ कार्तिक ८ सोमबार

एमाले महाकाली ५ को वडा अध्यक्षमा  विजय सिह ऐरी

दार्चुला । नेकपा एमाले दार्चुलाले महाकाली नगरपालिका वडा नं ५ मा वडा अधिवेशन सम्पन्न भएको छ। वडा अधिवेशन उद्घाटन नेकपा एमाले दार्चुला का सचिव ज्ञानेद्र धर्ती र एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले गरेको थियो। वडा नं ५ को अध्यक्षमा विजय सिह ऐरी सहित ३१ सदस्य सर्वसम्मत निर्वाचन भएका छन्। उपाध्यक्षमा विनिता ऐरी ,सचिव केशव अवस्थी सहसचिव चन्द्रसिह ऐरी र केशब बडु लगायत ३१ सदस्यी वडा कमिटी सर्वसम्मत चयन गरिएको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । नेकपा एमाालेको जिल्ला अधिवेसन मंसिर ६ र ७ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गर्ने निर्णय भएको र जिल्ला अधिबेसन आयोजक कमिटीको बैठक कार्तिक २२ गते खलंगामा बस्ने निर्णय गरिएको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख  बडालले बताउनुभयो । वडा र पालिका अधिवेसन सम्पन्न गर्नका लागि एमालेले सबै स्थानीय तहमा नेताहरु परिचालन गरेको छ ।