दार्चुला जिल्ला कोरोना शुन्य, दोश्रो चरणको खोप तीन दिन पछि लगाइने

२ बर्ष अघि

२0७८ कार्तिक ८ सोमबार

दार्चुला जिल्ला कोरोना शुन्य, दोश्रो चरणको खोप तीन दिन पछि लगाइने

फाइल फाेटाे


कृष्ण धामी, कार्तिक ८ दार्चुला । कोरोना भाईरस कोभिड १९ को महामारीबाट दार्चुला जिल्ला सुन्य अवस्थामा झरेको छ ।कार्तिक ५ गते देखि दार्चुला जिल्लामा कोरोना सं    क्रमितको संख्या सुन्यमा झरेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य निरिक्षक जयराज भट्टले जानकारी दिनुभयो ।
यसैबीच सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको खोप समन्वय तथा अनुगमन समितिको बैठकले कार्तिक ११ गते देखि १५ गते सम्म भेरोसेलको दोश्रो मात्रा खोप लगाउने निर्णय गरेको छ ।
गत असोज १० गते देखि १४ गते सम्म खोप लगाएका १८ बर्ष माथिका सबै नागरिकहरुले नजिकको खोपकेन्द्रमा गएर खोप लगाउन सक्ने निर्णय गरेको छ ।