तिहार नजिकिँदै गर्दा दार्चुलामा प्रहरीको सक्रियता बढ्यो, पटकामा प्रहरीको निगरानी

२ बर्ष अघि

२0७८ कार्तिक ७ आईतवार

तिहार नजिकिँदै गर्दा दार्चुलामा प्रहरीको सक्रियता बढ्यो, पटकामा प्रहरीको निगरानी

दार्चुला ।  नेपाल प्रहरीले तिहारमा पटाका बिक्रीवितरण तथा ओसारपसारमा कडाइ गरेको छ। नेपाल सरकारले पटकाजन्य सामग्रीहरु आयातमा प्रतिबन्ध लगाएको छ । हरेक वर्ष नेपाल भारत सीमा क्षेत्रमा त्यस्ता सामग्री पक्राउ गरी नष्ट गरिने गर्दछ ।

पटकाकै कारण हरेक तिहारमा आगलागी तथा अङ्गभङ्ग भएका समाचारहरु आउने गरेका छन् । यसैलाई मध्यनजर गर्दै आइतबार नेपाल भारत जोड्ने झोलुङ्गे पुल पुलघाटस्थित प्रहरीले स्थानीय, व्यापारी तथा आवतजावत गर्ने नागरिकलाई तिहारमा हुनसक्ने सम्भावित दुर्घटनाका बारेमा सचेत गराएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक पुष्कर सिह ऐरीको नेतृत्वमा खटि गएको टोलिले तिहारको समयमा नेपाल भित्रन सक्ने पटका, आतसबाजी जस्ता विष्फोटकजन्य पदार्थको बिक्रीवितरण, ओसारपसार नियन्त्रण र यसबाट हुन सक्ने सम्भावित दुर्घटनाका साथै कानूनी प्रावधान सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले दार्चुला प्रहरीले विशेष सुरक्षा योजना बनाइ कार्यान्वयन गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।