नेकपा एमाले दार्चुलाको वडा अधिवेसन आजदेखी शुरु

२ बर्ष अघि

२0७८ कार्तिक ६ शनिबार

नेकपा एमाले दार्चुलाको वडा अधिवेसन आजदेखी शुरु

दार्चुला । नेपाल कम्युनिष्ट ९एमाले०ले दार्चुलाका नौ ओटै स्थानीय तहमा अधिवेशन गर्ने तयारी गरेको छ । नेकपा एमालेको महाधिबेशनको तयारी स्वरुप स्थानीय तहमा अधिवेशन गर्न लागिएको एमाले जिल्ला कमिटि प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । नेकपा ९एमाले० को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज मुलुकभर वडा अधिवेशन हुँदैछन् । दार्चुलाका ६१ ओटै वडामा वडा अधिवेशन एकसाथ सम्पन्न गरेर पालिका स्तरीय अधिवेशन गर्ने तयारी गरिएको छ । 


दार्चुलामा आज प्रत्येक पालिकाको एउटा वडामा अधिवेशन गरि बाकि वडाहरुमा अधिवेशन समितिको तयारी अनुसार गरिने उहाँले बताउनुभयो । साथै कार्तिक ९ गतेदेखि १९ गतेसम्म पालिका स्तरीय अधिवेशन गरिदैछ । महाकाली नगरपालिकामा कार्तिक ९ गते, दुहूँ गाउँपलिकामा कार्तिक १० गते, ब्याँस गाउँपालिकामा ११ कार्तिक गते, नौगाड गाउँपालिकामा कार्तिक १३ गते, मार्मा गाउँपालिकामा कार्तिक १४ गते, अपिहिमाल गाउँपालिकामा कार्तिक १५ गते, शैल्यशिखर नगरपालिकामा कार्तिक १७ गते, लेकम गाउँपालिकामा कार्तिक १८ गते र मालिकार्जुन गाउँपालिकामा कार्तिक १९ गते अधिवेशन गरिने वडालले बताउनुभयो । 

महाकाली नगरपालिकामा एमाले सुदूपश्चिम प्रदेश सह–इन्चार्ज एवं पूर्व मन्त्री गणेश सिंह ठगुन्ना सहजीकरण गर्ने कार्यक्रम रहेको छ । मार्मा गाउँपालिकामा एमाले नेता लालबहादुर विक, देवसिंह महर, अकबर ठगुन्ना, प्रेम सिंह धामी, धर्मानन्द मन्याल लगायतका नेताहरुले सहजीकरण गर्ने छन् । सबैजसो स्थानीय तहमा एक जना जिल्ला नेता उत्प्रेरक राखिएको छ । जिल्ला महाधिबेशन मंसिर ६ र ७ गते सदरमुकाम खलंगामा गर्ने तयारी गरिएको प्रचार प्रसार विभाग प्रमुख बडालले बताउनुभयो । वडा अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने भएको छ ।