विदेशी मुद्रासहित एक जना पक्राउ

२ बर्ष अघि

२0७८ आश्विन ३१ आईतवार

विदेशी मुद्रासहित एक जना पक्राउ

दार्चुला  । विदेशी मुद्रासहित दार्चुलाका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुहुँ गाउँपालिका-१ पिपलचौरी बस्ने ३० वर्षीय तेज बहादुर बम रहेका छन् ।

शुक्रवार राति महाकाली नगरपालिका-४ बांगाबगडबाट गस्तीमा खटिएको प्रहरी टोलीले बमलाई अवैध विदेशी मुद्रा र अन्य नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एंव प्रहरी निरीक्षक पुष्कर एेरीले  जानकारी दिनुभयाे ।

पक्राउ परेका बमको साथबाट प्रहरीले मलेसियन रिङ्गीट २ थान, चिनियाँ युआन १ थान, इरानी दिनार एक हजारको १ थान, भारतीय ५ सय रुपैयाँका ९६ थान, २ सयको १ थान, १ सयको १७ थान र नेपाली रुपैयाँ १ हजारको १ सय ६७ थान, ५ सयको १ सय ५९ थान बरामद गरेको छ ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके बुझाइएको सूचना अधिकारी एेरीले  बताउनु भयाे । उनी विरुद्ध विदेशी मुद्रा अपचलन कसुरमा कारबाही चलाइने प्रहरीले  जनाइएको छ ।