दार्चुलामा शुक्रबारदेखि विद्युत अबरुद्ध

२ बर्ष अघि

२0७८ आश्विन ३१ आईतवार

दार्चुलामा शुक्रबारदेखि  विद्युत अबरुद्ध

दार्चुला । दार्चुलामा शुक्रबार बेलुकीदेखि विद्युत अवरुद्ध बनेको छ । पटकपटक विद्युत अवरुद्ध हुँदा दार्चुलाका सेवाग्राही मर्कामा परेका  छन् । विद्युत अवरुद्ध हुदा बिजली बत्ती बाल्न, खाना पकाउन, मोबाइल चार्ज गर्न, विद्युतिय उपकरण सञ्चालन गर्न समस्या भएको सेवाग्राहीको गुनासो छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका अनुसार शुक्रबार बलाचबाट ल्याएको ३३ केभि अन्तरगत मालिकार्जुन क्षेत्रमा लाईनमा समस्या आएपछि विद्युत अवरुद्ध भएको हो । मर्मतको लागि प्राविधिकहरु महाकाली नगरपालिकाको निसिल हुदै शैल्यशिखर नगरपालिकाको बरमुडे क्षेत्रमा पुगेपनि अझै समस्या समाधान हुन सकेको छैन् । शनिवार विहानै देखि २ वटा टोली बनाएर फल्ट पत्ता लगाउन प्राविधिकहरु खटिएको कार्यालयले जनाएको छ । तर विद्युत कार्यालयको ढिलासुस्ती र लापरवाही, प्रतिकुल मौसम र सिमित स्रोत, साधन तथा जनशक्ति अभावका कारण दार्चुलामा बेलाबेलामा विद्युत सेवा अबरुद्ध हुने गरेको छ ।