कार्तिक ८ गते बाट मालिकार्जुन प्रिमियर लिग सुरु हुदै ।

२ बर्ष अघि

२0७८ आश्विन २५ सोमबार

कार्तिक ८ गते बाट मालिकार्जुन प्रिमियर लिग  सुरु हुदै ।

दार्चुला ।  दार्चुला जिल्लामा दोस्रो संस्करणको मालिकार्जुन प्रिमियर लिग एमपीएल क्रिकेट प्रतियोगिता कार्तिकमा आयोजना हुने भएको छ  । दिपेन्द्र धामी स्मृति प्रतिष्ठानको आयोजनामा हुने एमपीएल प्रतियोगिता कार्तिक ८ गतेबाट १७ गतेसम्म हुनेछ । दार्चुला जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा महाकाली नगपालिका वडा नम्वर ९ दत्तु सकार क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा सहभागिता जनाउन कार्तिक ६ गतेसम्म दर्ता समय राखिएको छ । प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ पाउने छन् ।

 यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदवाट अनुमति प्राप्त गरिसकेको र प्रतियोगिताका उत्कृष्ट १५ जना खेलाडीहरुलाई छात्रवृति सहित खेलकुदमा अगाडि बढाउने आयोजकले जनाएको छ। प्रतियोगितामा वेष्ट बलरलाई ३ हजार ५ सय ट्रफी, वेष्ट ब्याट्सम्यान ३ हजार ५ सय ट्रफी, र उदयमान खेलाडीलाई ७ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।