प्रदेश–७ को नाम र राजधानी सुझाव समितिले प्रतिवेदन बुझायो

६ बर्ष अघि

२0७५ भाद्र ६ बुधबार

प्रदेश–७ को नाम र राजधानी सुझाव समितिले प्रतिवेदन बुझायो

दृष्टीकोण समाचार  ।कैलाली, भदौ ६ । प्रदेश नम्बर–७ को नाम र स्थायी राजधानीबारे सुझाव संकलन गरी प्रतिवेदन पेस गर्नका लागि गठन गरिएको विशेष समितिले मंगलबार प्रतिवेदन बुझाएको छ ।गत साउन १४ गते गठन गरिएको सो समितिका सभापति तारा लामा तामाङले २२ दिनपछि सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन बुझाएका हुन् ।सुझाव प्रतिवेदन बुझ्दै प्रदेश सभामुख थापाले छिट्टै प्रदेशसभामा पेस गर्ने बताए ।संयोजक तामाङले सबैलाई मान्य हुनेगरी नाम र राजधानीका विषयमा प्रतिवेदन तयार गरेको जिकिर गरे ।उनले प्रदेशसभाका सदस्य, संघीय संसदका सदस्य, विभिन्न विज्ञहरुसँग छलफल गरेको बताए ।समितिले बुझाएको प्रतिवेदन सर्वसम्मत् हुने संयोजक तामाङले दाबी पनि गरे ।