दार्चुला । दार्चुलामा १८ वर्षमाथिका कोरोनाविरुद्वको खोप लगाउनेको संख्या झण्डै २९ हजार पुगेको छ । यहि असोज १० गतेदेखि असोज १४ गतेसम्म जिल्लाभरीका स्वास्थ्य संस्थामार्फत २८ हजार ६ सय ९५ जनाले कोरोनाविरुद्वको भेरोसेल खोप लगाएका हुन् । यो संख्या अझै बढ्ने अनुमान छ, स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाईजर बीरेन्द्र भट्टले भन्नुभयो, अझै खोप लगाउने संख्या बढ्न सक्छ । सबै स्वास्थ्य संस्थाबाट खोप लगाएको तथ्याङ्क अपडेट हुन सकेको छैन् । खोप अभियान अन्तर्गत पहिलो चरणको खोप लगाउनेको संख्या ६८ हजार ८ सय ६५ जना पुगेका छन् भने दोस्रो मात्राको डोज लगाउनेको संख्या ३७ हजार ३ सय ७० पुगेको भट्टले जानकारी दिनुभयो ।