विद्यालय भवन तथा छात्राबासको उद्धघाटन

३ बर्ष अघि

२0७८ आश्विन १८ सोमबार

विद्यालय भवन तथा छात्राबासको उद्धघाटन

दार्चुला । दार्चुला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माद्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन तथा छात्राबासको संयुक्त रुपमा औपचारिक कार्यक्रमका विच उद्धघाटन गरिएको छ । प्रदेश सरकार तथा महाकाली नगरपालिकाले बजेट विनियोजन गरि निर्माण गरिएका विद्यालय भवन तथा छात्रासको सोमबार उद्धघाटन गरिएको छ । २००९ सालमा स्थापना भएको खलंगा प्राथमिक विद्यालय र २०१३ सालमा स्थापना भएको महेन्द्र नमुना माद्यमिक विद्यालय २०७३ सालमा मर्ज भएका थिए ।

खलंगा प्राथमिक विद्यालयको भवन संरचना जिर्ण भएकाले २० कोठे तीनवटा नयाँ भवनहरुको निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक राम दत्त जोशीले जानकारी दिनुभयो । सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत १ करोड ६० लाखमा ८ कोठे विद्यालय भवनको टेण्डर प्रक्रियाद्धरा निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । त्यसैगरि अर्को ८ कोठे भवनको भुई तला प्रदेश सरकारको शिक्षा निर्देशनालयको ७० लाख बजेटमा ठेक्का प्रक्रिया मार्फत र पहिलो तला महाकाली नगरपालिकाको ३४ लाखमा विद्यालय ब्यवस्थापन समितिले निर्माण गरेको प्रधानाध्यापक जोशीले बताउनुभयो । तेस्रो ४ कोठे विद्यालय भवन प्रदेश सरकारको ९५ लाख बजेटमा ठेक्का प्रक्रियाबाट निर्माण गरिएको हो ।


त्यसैगरि टुहुरा तथा असहाय बालबालिकाहरुको बसोबासका लागि महाकाली नगरपालिकाको वडा नं ५ गल्फै क्षेत्रमा सात कोठे छात्राबास भवन निर्माण गरिएको छ । स्थानिय जग्गा दाताहरुले दिएको जग्गामा सात कोठा र ट्वाइलेट, बाथरुम र भान्सा सहितको छात्रासको निर्माण सम्पन्न भएको प्रधानाध्यापक जोशीले बताउनुभयो । प्रदेश सरकारको ७० लाख बजेटमा महाकाली नदी तटबन्ध संगै जोडिएको जमिनमा उक्त छात्राबासको संरचना निर्माण गरिएको छ ।