दार्चुलाका ९ स्थानमा नागरिक यात्रु सहायता कक्ष स्थापना

२ बर्ष अघि

२0७८ आश्विन १६ शनिबार

दार्चुलाका ९ स्थानमा नागरिक यात्रु सहायता कक्ष स्थापना

दार्चुला ।  दार्चुलाका ९ स्थानमा नागरिक सहायता कक्ष र यात्रु सहायता कक्ष स्थापना गरिएको छ । प्रहरीले दशैतिहार र छठलाई लक्षित गरि नागरिक सहायता कक्ष र यात्रु सहायता कक्ष स्थापना गरेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी माधव विश्वकर्माका अनुसार नागरिक सहायता कक्ष महाकाली नगरपालिका ९ दत्तु, लेकम गाउँपालिका ३ लाली, व्याँस गाउँपालिका ५ तिगरम र मालिकार्जुन गाउँपालिकाको जोलजीविमा स्थापना गरिएको छ । यस्तै यात्रु सहायता कक्ष शैल्यशिखर ९ गोकुलेश्वर, मालिकार्जुन ३ चौतलीचौड, मालिकार्जुन ८ शंकरपुर पस्ती, महाकाली नगरपालिका ८ धाप, र वडा नम्बर ९ दत्तुमा स्थापना गरिएको छ । 
सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, सवारी चालक, बुद्धिजीवि लगायतको उपस्थितमा यात्रु सहायता कक्ष र नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।