शैल्यशिखरले दशैँको समयमा १० दिन विद्यालय बन्द गर्ने

२ बर्ष अघि

२0७८ आश्विन १६ शनिबार

शैल्यशिखरले दशैँको समयमा १० दिन विद्यालय बन्द गर्ने

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाले दशैंको समयमा १० दिनमात्रै विद्यालय बन्द गर्ने भएको छ । कोभिड–१९ का कारण यो वर्ष समयमै पढाई हुन नसकेको भन्दै विद्यालय बन्द गर्ने समयावधि घटाएको हो । नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई घटस्थापना असोज २१ गतेदेखि असोज ३० गतेसम्म मात्रै विद्यालय बन्द गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले बताउनुभयो ।  विद्यालयको नियमित विषयवस्तुलाई समयमै सक्न तथा पढाईको सार्थकर्ता पूरा गर्न विद्यालयको विदा घटाइएको हो । यसअघि दैशमा १५ दिन विदा दिदै आएका थिए ।  कोरोनाका कारण बालबालिकाको पठनपाठनमा समस्या भएकाले अब नियमित रुपमा विद्यालय सञ्चालन नगरपालिकाले आग्रह गरेको छ।