दार्चुलामा १९ हजार नागरिकलाई कोरोनाविरुद्वको खोप लगाइयो

२ बर्ष अघि

२0७८ आश्विन १४ बिहीबार

दार्चुलामा १९ हजार नागरिकलाई कोरोनाविरुद्वको खोप लगाइयो

दार्चुला। दार्चुला जिल्लामा १८ वर्षमाथिका १९ हजार नागरिकलाई कोरोनाविरुद्वको खोप लगाइएको छ । असोज १० गतेबाट जिल्लाभरीका ९२ वटा स्वास्थ्य संस्थामार्फत १८ हजार ८ सय २३ जनालाई खोप लगाइएको हो ।  सरकारले हिमाली जिल्लाका १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाउन भनेको छ । सोहीअनुसार दार्चुलामा बिहीबारसम्म खोप लगाइने छ । अहिले यहाँका नागरिकलाई भेरोसेल खोप लगाइएको छ । 


जिल्लाको लागि पहिलो चरणमा ४० हजार डोज खोप जिल्ला पुगेको थियो । खोप लगाउने काम जारी रहेको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र भट्टले बताउनुभयो ।  यस्तै भारतबाट आउने नेपालीलाई पनि सीमा क्षेत्रमा कोरोनाविरुद्वको खोप लगायउने काम चलिरहेको छ । बुधबारसम्म ५० जनालाई खलंगा पूलघाट क्षेत्रमा कोरोनाविरुद्वको खोप लगाइएको भट्टले बताउनुभयो । भारतबाट आउने मजदुरलाई जोनसोन खोप लगाइने गरेको छ ।  अहिले दशैतिहार नजिकिएसँगै सीमामा आउने नेपालीको भीड दिनहु बढ्दो छ ।