नेपालमा थप १ हजार १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि, थप, ८ को मृत्यु

२ बर्ष अघि

२0७८ आश्विन १३ बुधबार

नेपालमा थप १ हजार १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि, थप, ८ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६ सय ५२ जनाको पीसीआर परीक्षणमा ८ सय ९२ र ३ हजार ८ सय ८९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २६५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ११३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९६ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।