प्रहरीले हत्यारालार्इ बचाउन खोजेको भन्दै जिल्ला प्रशासनमा धर्ना

६ बर्ष अघि

२0७५ भाद्र ५ मंगलवार

प्रहरीले  हत्यारालार्इ  बचाउन खोजेको भन्दै  जिल्ला प्रशासनमा धर्ना

महेन्द्रनगर समाचार भाद्र ५ 

भीमदत्तनगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका व्यक्ति वास्तविक अपराधी नभएको दाबी गर्दै महेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको हो ।

मंगलबार  जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिँदै गरेका अान्दाेलनकारीहरू माथि  प्रहरीले १० राउण्डभन्दा बढी अश्रुग्यास प्रहार  गरि अान्दाेलनकारी माथि प्रहरी प्रशासनले हस्तक्षेप गरेकाे अाराेप समेत लगाएका छन ।  प्रमुख जिल्ला अधिकारीलाई भेट्न जानेभन्दै महेन्द्रनगरका स्थानीयहरू जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । अन्दालनकारीहरु भित्र प्रवेश गर्न खोज्दा नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी ज्ञान बहादुर सेठीले जानकारी दिए ।

निर्मलाका वास्तविक हत्यारालाई प्रहरीले बचाउन खोजेको भन्दै स्थानीयले महेन्द्रनगर बजार बन्द गराएर आन्दोलनमा उत्रिएका छन् । गत साउन ११ गते मृत अवस्थामा उखुबारीमा  फेला परेकी निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोमबार बागफाँटाका ४१ वर्षीय दिलिप विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

स्थानीयहरुले दिलिप वास्तविक हत्यारा नभएको र प्रहरीले पीडकलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउँदै स्थानीयले मंगलबारदेखि आन्दोलनको घोषणा गरेका हुन् । जिल्ला प्रशासन कार्यालय अघि पुगेका प्रदर्शनकारीलाई लक्षित गर्दै अश्रुग्यास प्रहार गरिएको थियो । मंगलबार बिहानैदेखि महिला, व्यापारी, स्थानीयबासी चोक–चोकमा प्रहरीविरुद्ध प्रर्दशन गरिरहेका छन ।