नेपालमा थप १ हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि थप , १२ को मृत्यु

२ बर्ष अघि

२0७८ आश्विन १२ मंगलवार

नेपालमा थप १ हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि थप , १२ को मृत्यु

काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ६७२ जनाको पीसीआर परीक्षणमा ९ सय ४ र २ हजार ३ सय ३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ सय ५४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ३ सय १८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।