दार्चुला सदरमुकामको बजारमा अखाद्य बस्तु भेटियो, ग्रामिण बजारमा अनुगमन भएन

२ बर्ष अघि

२0७८ आश्विन १२ मंगलवार

दार्चुला सदरमुकामको बजारमा अखाद्य बस्तु भेटियो, ग्रामिण बजारमा अनुगमन भएन

दार्चुला ।  घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाको अगुवाईमा मंगलबार भएको बजार अनुगमनको क्रममा महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै बजारका अधिकांस पशलहरुमा म्याद नाघेका समान भेटिएका छन् । गल्फै बजार अनुगमनको क्रममा पशलै पिच्छे म्याद नाघेका समान भेटिएको बजार अनुगमन समितिका संयोजक एवं घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाका प्रमुख गंगा कुमारी मगरले बताउनु भयो । बजारमा पाईने खाद्यान्न सामाग्री, पेय पदार्थ, मसाला, लगायत दैनिक उपभोग्य सम्मका बस्तुको म्याद नाघेको पाईएको छ । अनुगमन टोलीले ठुलो मात्रमा त्यस्तो समान नष्ट गरेको छ । अनुगमन समितिका अनुसार मंगलबार नमकीन ६१ प्याकेट, जिरा पाउडर ३२ प्याकेट पाप्पड ९ केजि, गुलकोज ४ प्याकेट, विस्कुट १ पेटि १० प्याकेट, करेन्ट मसला १७ प्याकेट, इमिडे दुध पाउडर २० प्याकेट, मिक्स मसला ४ प्याकेट, थाईन मसला ११३ प्याकेट, नमकिन ३० प्याकेट, पिठो २० केजि, भुजा २७ प्याकेट, चिकेन मसला ५४ प्याकेट, सोथवी तेल १ प्याकेट, मिट मसला १५ प्याकेट, पाला चट्नी ३ प्याकेट, सब्जी मसला १० प्याकेट, बर्फी २ डिम्बा, आइसक्रिम ८ पिस, कालीमिर्चा पाउडर १० प्याकेट, सेबलेर १ प्याकेट, ललीपप मिठाई १ प्याकेट, गरम मसला २० प्याकेट, चिउरा ८ केजि, लेक्टोजीन १ प्याकेट, खुरदाना ३ प्याकेट लगायतका समान बरामद गरि नष्ट गरेको छ । दशै नजिकिदै गर्दा अनुगमन टोलीले बजारमा सक्रियता देखाएको छ । अहिले पनि अनुगमन टोलीले मुल्य सूची राख्न, पसलको साइनबोर्ड राख्न लगायत सुझाव दिदै आएको छ । सुदुरपश्चिम प्रदेश स्तरीय सयुक्त बजार अनुगमन नीति २०७६ बमोजीम जिल्लामा बजार अनुगमन रहेको छ भने जिल्ला बाहिरका बजारहरुमा अनुगमन नभएको पाईएको छ ।