घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार

२ बर्ष अघि

२0७८ आश्विन १२ मंगलवार

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ३०० रुपैयाँमा कारोबार  भएकोमा आज मंगलबार तोलाका ३०० रूपैयाँ घटेर ८९ हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ५ रूपैयाँले घटेको छ । आज चाँदी १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।