भीरबाट लडेर एक महिलाको मृत्यु

२ बर्ष अघि

२0७८ आश्विन १२ मंगलवार

भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला । दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।  खर काट्ने क्रममा दार्चुलाको नौगाड गाउँपालिका वडा नं २ सुण्डमुण्डकी अन्दाजी ४४ बर्षीया नरमादेवी ठगुन्नाको मंगलबार बिहान भीरबाट लडेर मृत्यु भएको स्थानीय चन्द्रावती ठगुन्नाले बताए ।

घर नजिकैको भैंसीमेला खरफागलामा खर काट्न गएकी नरमाको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको बताइएको छ । नरमाको ५ छोरी र एक छोरा रहेका छन् । उनका श्रीमानको पनि तीन बर्ष अगाडि मृत्यु भईसकेको बताइएको छ । दार्चुलामा खर काट्ने क्रममा बर्षेनी महीलाहरूले ज्यान गुमाउने गरेका छन ।