मिस नेपाल युएस को उपाधि प्रतिक्षालाई

२ बर्ष अघि

२0७८ आश्विन ११ सोमबार

मिस नेपाल युएस को उपाधि प्रतिक्षालाई

काठमाडौ । मिस नेपाल युएस २०२१  को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित फाइनलमा १०ल जना प्रतियोगीलाई पछि पार्दै प्रतिक्षाले उपाधि उचालेकी हुन् । 


प्रतियोगितामा फष्ट रनरअप कला न्यौपाने र सेकेण्ड रनरअप अलिशा लिम्बु हुन सफल भए । यो ‘मिस नेपाल युएस’को १० औं संस्करण हो । यो प्रतियोगीतामा अमेरिकाका विभिन्न राज्यबाट प्रतियोगीहरु सहभागी थिए ।

प्रतियोगीताको शिर्ष दश स्थानमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ ,सोन्याषा थापा तथा अलिशा लिम्बु पुगेका थिए । रहेका थिए । न्यूयोर्कको क्विन्स थिएटरमा यो प्रतियोगीता आयोजना भएको थियो ।