भारतमा २७ हजार कोरोना संक्रमित थपिए, २७७ को मृत्यु

२ बर्ष अघि

२0७८ आश्विन ११ सोमबार

भारतमा २७ हजार कोरोना संक्रमित थपिए, २७७ को मृत्यु

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमिको संख्या ३ करोड, ३६ लाख ७८ हजार २४३ पुगेको छ । ओल्डोमिटरको पछिल्लो विवरणअुनसार यहि अवधिमा भारतमा २९ हजार ६५८ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ३ करोड २९ लाख २४ हजार ४२० पुगेको छ । गत २४ घण्टामा २७७ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै  निको हुनेको संख्या २९ हजार ६५८ पुगेको छ ।