कोलकातालाई हराउँदै चेन्नइ आईपीएलको शीर्ष स्थानमा

२ बर्ष अघि

२0७८ आश्विन ११ सोमबार

कोलकातालाई हराउँदै चेन्नइ आईपीएलको शीर्ष स्थानमा

काठमाडौँ ।आईपीएल टी ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नइ सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा आइतबार राति सम्पन्न खेलमा चेन्नइले कोलकातालाई २ विकेटले हराएको हो । कोलकाताले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नइले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । जितसँगै शीर्ष स्थानमा उक्लिएको चेन्नइको १० खेलमा १६ अंक भएको छ । कोलकाता ८ अंक जोडेर चौथो स्थानमा छ ।