बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार

२ बर्ष अघि

२0७८ आश्विन ११ सोमबार

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार  भएकोमा आज सोमबार तोलाका ३०० रूपैयाँ बढेर ८९ हजार ३०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँ बढेको छ । आज चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।