दार्चुला गोकुलेश्वर सडक खण्ड सुचारु

२ बर्ष अघि

२0७८ आश्विन ११ सोमबार

दार्चुला गोकुलेश्वर सडक खण्ड सुचारु

दार्चुला ।  महाकाली लोकमार्ग अन्तर्गत दार्चुला गोकुलेश्वर सडक खण्डको चुइने भीरमा सवारीको आवातजावत सुचारु भएको छ । महाकाली नगरपालिका ९ को वेत चुइने भीरमा सडक भाँसिदा सडक ठूला सवारी साधन अवरुद्व भको थियो । अवरुद्व सडक शनिबार रातीदेखि सुचारु भएको निर्माण व्यवसायीले जनाएको छ ।  गत भदौ २ गते सडक भासिएपछि यो क्षेत्रमा ठूला सवारी साधन चल्न सकेका थिएनन् । हुनैनाथ नाथ रानीबाँश निर्माण सेवाले सडक मर्मत सम्भार गरेपछि निर्माण कार्य सुचारु भएको निर्माण व्यवसायी नरेन्द्रसिह धामीले बताउनुभयो ।  यो क्षेत्रमा अस्थायी रुपमा बाटो खुलाएर केही दिन यातायात सुचारु गरिएको थियो । तर सडकको तलपट्टी पर्खाल लगाउनुपर्ने अवस्था आएपछि ठेकेदारले गत भदौ २६ गते ठूला सवारी साधन चल्न रोक लगाएर काम सुचारु गरेको थियो । निर्माण व्यवसायीले दुई साता लगाएर पर्खाल लगाउने सकिएको धामीले बताउनुभयो । मर्मतको काम सकिएपछि आइतबार देखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताउनुभयो ।