हराएकी कोमल मृत अवस्थामा फेला परिन 

६ बर्ष अघि

२0७५ भाद्र ५ मंगलवार

हराएकी कोमल मृत अवस्थामा फेला परिन 

दृष्टीकोण समाचार, भाद्र ५ दार्चुला । महाकाली नगरपालिका ४ बंगाबगड बस्ने कबिन्द्र बुढ्यालकी १९ बर्षिया श्रिमती कोमल बुढयाल भारतको पीथौरागढ जिल्ला अन्तरगत बलुवाकोट थाना नजिकै महाकाली नदि किनारमा मृत अवस्थामा फेला परेकी छिन् । भाद्र ३ गते बेलुकी सात बजेतिर घरबाट निस्केर परिवारको सम्पर्कमा नआएको भन्दै परिवारजनले प्रहरीमा खबर गरेका थिए । भाद्र ४ गते बेलुकी महाकाली नदि किनारमा महिलाकाे लास देखेपछि भारतीय सुरक्षाकर्मीहरुले शव निकालेका हुन् । शवकाे पहिचान भएपछि अाफन्तलाई खबर गरीएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ । 
शबकाे  पीथौरागढ जिल्लामा  पोष्टमार्टम भइरहेकाे जिल्ला प्रहरी कार्यालय  दार्चुलाले जनाएको छ ।