दुई वटा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

२ बर्ष अघि

२0७८ आश्विन १0 आईतवार

दुई वटा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

दार्चुला । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाले ल्याएको दुबै एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ । मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ मा रहेको स्वास्थ्य चौकी शंकरपुर र वडा नम्बर ६ मा रहेको उकु स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तण गरेको हो । आज एक औपचारिक कार्यक्रम आयोजना गरी मालिकार्जुन गाउँपालिका अध्यक्ष धामीले मालिकार्जुन गाउँपालिका वडानम्बर ८ का वडाअध्यक्ष एवं शंकरपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष पदमराज पन्त  र वडानम्बर ६ का जनप्रतिनिति कुुशराम ओडलाई एम्बुलेसको चावी हस्तान्तरण गरेका छन् । हस्तान्तण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थी  वडा नम्बर ८ का वडाध्यक्ष पदमराज पन्त लगायतको सहभागिता थियो ।
आर्थिक वर्ष २०७६।७७ मा मालिकार्जुन गाउँपालिकाले गाउँपालिका कार्यालय एवं गाउँपालिका प्रमुखका लागि गाडि खरिद गर्न विनियोजन गरेको बजेटबाट एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले जानकारी दिनुभएको छ । गाउँपालिकाका पदाधिकारीहरु एवं  जनप्रतिनिधिको सेवा सुविधा भन्दा पनि जनताको जिवन ठुलो भएकोले जनताको जिवन रक्षाको लागि एम्बुलेन्स खरिद गरीएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभएको छ ।  गाउँकार्यपालिकाको निर्णयअनुसार गाउँपालिकाको गाडि खरिद शिर्षकबाट २ ओटा एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष धामीले जानकारी दिनुभएको छ ।