दार्चुलाको सबै स्थानीय तहमा कांग्रेशको नेतृत्व चयन, कहाँ कसले जिते ?

२ बर्ष अघि

२0७८ आश्विन १0 आईतवार

दार्चुलाको सबै स्थानीय तहमा कांग्रेशको नेतृत्व चयन, कहाँ कसले जिते ?

दार्चुला ।नेपाली कांग्रेशको १४ औँ महाधिवेसन अन्तरगत दार्चुलाका सबै स्थानीय तहमा नेतृत्व चयन गर्दै पालिका अधिवेसन सम्पन्न भएको छ । महाकाली नगरपालिका, दुहुँ गाउँपालिका, व्यास गाउँपालिका र लेकम गाउँपालिकामा निर्वाचनमार्फत पालिका सभापति चयन गरिएको छ । भने शैल्यशिखर नगरपालिका, नौगाड, मार्मा, मालिकार्जुन र अपिहिमाल गाउँपालिकामा सहमतिमै नेतृत्व चयन भएको नेपाली कांग्रेश दार्चुलाका सचिव हरक बिष्टले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाको नगर कार्यसमिति सभापतिमा चन्द्रसिह बिष्ट चयन हुनुभएको छ । दुहुँ गाउँपालिकामा नरेन्द्र कुवँर र व्यास गाउँपालिकामा नरेन्द्र भट्ट गाउँकार्यसमिति सभापति चयन हुनुभएको नेबि संघ दार्चुलाका प्रवक्ता दिपक खातीले जानकारी दिनुभयो । यस्तै शैल्यशिखर नगरपालिकामा कांग्रेशको नगर सभापतिमा मोहनसिंह साउद चयन हुनुभएको छ । शनिबार उद्घाटन भएको अधिवेसन अन्तरगत दुई दिन लामो प्रयासपछि साउदलाई सभापती चयन गर्न सहमती जुटेको नेपाली कांग्रेशका क्षेत्रीय प्रतिनिधि कृष्णसिह रावलले जानकारी दिनुभयो । आइतबार विहान १० बजेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारी भएपनि नेताहरुले सहमतीमै जोड दिएपछि निर्वाचन नभएको बताइएको छ ।


दार्चुलाको नौँ वटै स्थानीय तहमा शनिबार नै अधिवेसन उद्घाटन भएको थियो । कांग्रेश दार्चुलाका अनुसार नौगाड गाउँकार्यसमिति सभापतिमा प्रेमसिह धामी, मालिकार्जुन गाउँपालिका सभापतिमा किसन सामन्त, अपिहिमाल गाउँपालिका सभापतिमा शोभानसिह लोथ्याल र मार्मा गाउँपालिका सभापतिमा धनन्जय जोशी सर्वसहमतीमै चयन हुनुभएको छ ।

लेकम गाउँपालिकामा निर्वाचनमार्फत मोहनदेब जोशीलाई पराजित गर्दै वडा नम्बर ६ का वडाअध्यक्ष समेत रहनुभएका कमलापती मिश्र सभापती चयन हुनुभएको छ । लेकमको उपसभापतीमा दौलतसिह साउँद र रघुनाथ जोशी, सचिव शिवराज जोशी र तुलसी पन्त, सहसचिवमा बिरेन्द्र कार्की र भागरथी भण्डारी चयन भएका छन् । सभापतीका लागि निर्वाचन भएपनि अरु पदाधिकारी सहमतिमै चयन भएका हुन् ।