दार्चुलाका पाँच स्थानीय तहमा कांग्रेस नेतृत्वको टुंगो, चारमा आज टुंगो लगाइदै

२ बर्ष अघि

२0७८ आश्विन १0 आईतवार

दार्चुलाका पाँच स्थानीय तहमा कांग्रेस नेतृत्वको टुंगो, चारमा आज टुंगो लगाइदै

दार्चुला । नेपाली कांग्रेसले १४ औँ महाधिबेशनको तयारी स्वरुप गाउँ तथा नगर अधिबेशन अन्तरगत दार्चुलाका विभिन्न पाँच स्थानीय तहमा नेतृत्व चयन गरेको छ । शनिबार तय गरिएको अधिबेशनमा चार स्थानीय तहमा सर्वसम्मत् नेतृत्व चयन गरेको छ भने लेकम गाउँपालिकामा चुनावी प्रक्रियाबाट नेतृत्व चयन गरेको छ । अपिहिमाल सोबन लोथ्याल, मार्मा  गाउँपालिकामा धनञ्जय जोशी, नौगाड प्रेमसिंह धामी र मालिकार्जुन गाउँपालिकामा किसन सिंह सामन्त सर्वसम्मत् सभापतिमा चयन भएका छन् ।

लेकम गाउँपालिकामा भने बेलुकातिर निर्वाचन प्रक्रियाबाट नेतृत्व छनौट गरेको छ । वडा नम्बर ३ का मोहनदेव जोशीलाई पराजित गर्दै वडा नम्बर ६ का निर्वाचित वडाध्यक्ष कमलापती मिश्रले लेकमको सभापतिको पदमा विजयी हासिल गरेका छन् । जोशी र मिश्रबीच सभापति पदमा सहमति हुन नसक्दा निर्वाचन गरिएमो मिश्रको पक्षमा ४५ मत र जोशीको पक्षमा ३२ मत खसेको थियो । लेकम गाउँपालिकामा जम्मा १ सय २ मतदाता रहेकोमा ७७ मत मात्रै खसेको कांग्रेसले जनाएको छ । उपसभातिमा  दौलतसिंह साउँद र रघुनाथ जोशी, सचिवमा शिवराज जोशी र तुलसी पन्त, सहसचिवमा बिरेन्द्र कार्की र भागरथी भण्डारी चयन भएका छन् ।

त्यस्तै जिल्लाका अन्य चार स्थानीय तहमा शनिबार नेतृत्व चयन गर्न सकिएको छैन । बाँकी रहेका स्थानीय तहमा आज छलफल गर्ने र सहमति नभए चुनावी प्रक्रियाबाट टुंगो लगाउने तयारी भइरहेको जिल्ला कार्यसमिति सदस्य एवं दुहूँ गा–चाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनु भयो । ब्याँस, दुहूँ, शैल्यशिखर र महाकालीमा सभापति पदका आकांक्षी बढी देखिदाँ नेतृत्व चयन गर्न समस्या भएको हो ।  महाकाली र शैल्यशिखरमा चार–चार जना, ब्याँसमा पाँच जना सभापतिका आकांक्षी देखिएका छन भने दुहूँमा दुई जना छन् ।