खानेपानी योजनाको काम धमाधम बन्दै

२ बर्ष अघि

२0७८ आश्विन १0 आईतवार

खानेपानी योजनाको काम धमाधम बन्दै

दार्चुला । जिल्ला  सदरमुकाम दार्चुलामा चौबिसै घण्टा खानेपानीको सुविधा पु¥याउने गरि अहिले पाइप लाइन खोदानको काम धमाधम भइरहेको छ । महाकाली नगरपालिका वडा नम्बर ४ र ५ प्रत्येक घरधुरीमा २४ सै घण्टा खानेपानीको  पहुँच पु¥याउन खानेपानीको नयाँ लाइनको काम भइरहेको हो ।
एसियाली विकास बंैकको अनुदान र नगर विकास कोषको ऋण लगानीमा खलंगा खानेपानी तथा सरसफाई आयोजनाको निर्माणको काम अहिले भइरहेको छ । एक वर्षभित्रै सदरमुकाम खलंगाबासीलाई स्वच्छ खानेपानी पहुँच पुर्याउने उद्देश्यले पाइप लाइन विस्तारको काम तिव्र गतिमा भइरहेको आयोजना निर्माणमा प्राविधिक सहयोग गरिरहेको ई–टेक नेपालका कन्सट्रक्सन सुपरिभिजन ईन्जिनियर कुबेर बहादुर सिंहले जानकारी दिनुभयो ।

कुल २९ करोड लागतमा निर्माण सम्पन्न हुने आयोजना निर्माणका लागि एसियाली विकास बैंकले कुल लागतको ७० प्रतिशत, स्थानीय जनश्रमदान ५ प्रतिशत र २५ प्रतिशत नगर विकास कोषको ऋण लगानीमा खानेपानी योजना निर्माण भइरहेको हो । आयोजनाअन्तर्गत गल्फै, बिच बजार र बंगाबगड क्षेत्रमा पाइपलाइन खोदानको काम भइरहेको छ । योजनाअन्तर्गत बजार क्षेत्रमा पाइपलाइन खोदानको काम भइरहेको छ । धौलीगाड मुहान रहेको गल्फै क्षेत्रमा अहिले मुहान इन्टेक, कलेक्सन च्याम्बर, पानी संकलन ट्याङ्की र पालेघर भवन निर्माणाधिन अवस्थामा रहेको इन्जिनियर सिंहले बताउनुभयो । यस्तै गाराकु मुहान रहेको खलंगा बिच बजार क्षेत्रमा ईन्टेक, कलेक्सन च्याम्बर र पानी थिग¥याउने ट्याङ्की निर्माणाधिन अवस्थामा रहेको छ । यस्तै बंगाबगड क्षेत्रमा धारा जडान र ट्याङ्की मर्मतको कार्य छिट्टै संचालन गर्ने योजना छ ।

खानेपानीका संरचसंगै महाकाली नगरपालिका वडा नम्बर ५ भौराबगडमा सार्वजनिक शौचालय र खलंगा खानेपानी तथा सरसफाई आयोजना समितिको कार्यालय समेत निर्माणाधिन अवस्थामा छ ।  नगरपालिकाको वडा नम्बर ४ र ५ मा गरी २ हजार २ सय ८६ खानेपानीका धारा निर्माण हुनेछन् । यो आयोजना निर्माणको लागि आसिस÷क्याब र ग्वाल्लेक निर्माण सेवा जेभिले ठेक्का पाएको छ ।  अबको एक वर्षभित्र नगरपालिकाको हरेक घरमा खानेपानी पुग्ने आयोजनाले जनाएको छ । अहिले खलंगाको सबै क्षेत्रमा नियमित पानी आपूर्ति नहुँदा ग्राहकले समस्या झेल्दै आएका छन् ।