अपिहिमाल गाउँपालिकाको वडा कार्यालय र गाउँपालिकामा ५ दिनदेखि तालाबन्दी

२ बर्ष अघि

२0७८ आश्विन १0 आईतवार

अपिहिमाल गाउँपालिकाको वडा कार्यालय र गाउँपालिकामा  ५ दिनदेखि तालाबन्दी

दार्चुला । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाको वडा कार्यालय र गाउँपालिकामा लगाएइको ताला अझै खुलेको छैन् । वडा नम्बर ३ को वडा कार्यालय र गाउँपालिका कार्यालयमा गत बुधबारदेखि ताला लागेको छ। वडा नम्बर ३ काटै र राताभीटाका स्थानीयले तालाबन्दी गरेका हुन् । वडा कार्यालय केन्द्र सारेको आंशकामा स्थानीयले तालाबन्दी गरेका हुन् ।  वडा नम्बर ३ का वडा अध्यक्ष समुद्रसिह कार्की भने वडा कार्यालय केन्द्र सार्ने कुनै निर्णय नभएको बताउनुहुन्छ । अहिले वडा विभाजन पनि भएको छैन्, उहाँले भन्नुभयो, केन्द्र सार्ने निर्णय पनि कहि छैन् । 

जनताले कुरा नबुझि तालाबन्दीमा उत्रिए ।  उहाँले तालाबन्दी खुलाउने विषयमा शुक्रबार छलफल हुन नसकेको बताउनुभयो । गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल र आफुमाथि हातपातको प्रयास भए पछि वार्ता हुन सकेन, उहाँले भन्नुभयो, हामीले वार्ता टोली बनाएर समस्या समाधान गरौ भनेका छौ ।
यसैबीच अपिहिमाल गाउँपालिकाले विज्ञप्ती प्रकाशित गर्दै कार्यालयमा जनप्रतिनिधि र कर्मचारी नभएको बेला पूर्व जानकारीबीनै तालाबन्दी गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणसिह धामीद्वारा हस्ताक्षरित विज्ञप्तीमा गाउँपालिकाको मलेपा भइरहेको बेला वडा र पालिकामा भएका कर्मचारीलाई भित्रै थुनेर तालाबन्दी गर्नेलाई कारवाही गर्न माग गरिएको छ । यस्तै गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल घर जाने बेला ढुङ्गामुढा र हातपात गरेको घट्नाप्रति आपत्ति जनाउँदै दोषीलाई कारवाही गर्न माग गरिएको छ ।