महाकाली, शैल्यशिखर, दुहुँ र व्यासमा कांग्रेश सभापतीका लागि १५ उम्मेदवार

२ बर्ष अघि

२0७८ आश्विन १0 आईतवार

महाकाली, शैल्यशिखर, दुहुँ र व्यासमा कांग्रेश सभापतीका लागि १५ उम्मेदवार

दार्चुला । नेपाली कांग्रेशको १४ औँ महाधिवेसन अन्तरगत ९ गतेदेखि पालिका अधिवेशन शुरु भएको छ । दार्चुलाको नौँ वटै स्थानीय तहमा शनिबार नै अधिवेसन उद्घाटन भएको थियो । पाँच वटा गाउँपालिकामा नेतृत्व चयन भइसकेको भएपनि दुई नगरपालिकासहित चार स्थानीय तहमा सहमति नजुटदा नेतृत्व चयनमा ढिलाइ भएको छ ।

दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा नगर सभापतीका लागि चार चार जनाको उम्मेदवारी परेको छ । व्याँस गाउँपालिका र दुहुँ गाउँपालिकामा पाँच पाचँ जनाको उम्मेदवारी परेको भएपनि केहि उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सहमती जनाएको कांग्रेश दार्चुलाले जनाएको छ । व्यासँ गाउँ कार्यसमिति सभापतीका लागि पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलसिह धामी, नरेन्द्र भट्ट, बाशुदेब सिह ऐतबाल, करनसिह धामी र नरेन्द्रसिह बिष्टले व्यास गाउँपालिका सभापतीमा उम्मेदवारी दिएको कांग्रेश दार्चुलाका सचिव हरक बिष्टले जानकारी दिनुभयो । दुहुँमा पाँच जनाको उम्मदवारी परेकोमा तीन जनाले फिर्ता लिएर तेजबहादुर बम र नरेन्द्रसिह कुवँर सभापतीको प्रमुख दाबेदार रहेको सचिव बिष्टले बताउनुभयो ।


शैल्यशिखर र महाकालीमा सभापतीका लागि चार चार जनाको उम्मेदवारी परेको छ । शैल्यशिखरको नगर समिति सभापतीका लागि जगदिश बहादुर बिष्ट, मोहनसिह साउद, रामदत्त जोशी, लक्ष्मणसिह डागाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचनमा जाने अवस्था आए जगदिश बिष्ट र लक्ष्मण डागाबिच प्रतिस्पर्धा हुने र सहमती भए रामदत्त जोशी वा मोहनसिह साउँदमध्ये एक जनामा सहमती हुनसक्ने सम्भावना रहेको स्रोतले जनाएको छ । शैल्यशिखरको उपसभापतीमा मानसिह खडायत, गोबिन्द प्रसाद जोशी, अशोकसिह धामी, महेशसिह बिष्टको उम्मेदवारी छ ।

सचिवमा सुरेशसिह बिष्ट, जनकराज जोशी, तिलकबहादुर पाल, सहसचिव देबदत्त जोशी, डम्बरसिह ठगुन्ना, नविन पार्की र अपागंमा केशवराज जोशीको उम्मेदवारी परेको नेबिसंघ जिल्ला कार्यसमिति सदस्य तथा क्षेत्रीय प्रतिनिधि कृष्णसिह रावलले जानकारी दिनुभयो । उहाँका आइतबार विहान १० बजेसम्म सहमती नजुटे निर्वाचन गर्ने तयारी छ । यस्तै दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिकामा सभापतीका लागि तरुणप्रसाद अवस्थी, चन्द्रसिह बिष्ट, लोकमणी ठगुन्ना र तारादत्त जोशीको उम्मेदवारी परेको छ ।

दार्चुलाको नौँ वटा स्थानीय तहमध्ये चार वटा स्थानीय तहमा सहमतिमै नेतृत्व चयन भएको छ । कांग्रेश दार्चुलाका अनुसार नौगाड गाउँकार्यसमिति सभापतीमा प्रेमसिह धामी, मालिकार्जुन गाउँपालिका सभापतीमा किसन सामन्त, अपिहिमाल गाउँपालिका सभापतीमा शोभानसिह लोथ्याल र मार्मा गाउँपालिका सभापतीमा धनन्जय जोशी सर्वसहमतीमै सभापती चयन हुनुभएको छ । लेकम गाउँपालिकामा निर्वाचनमार्फत मोहनदेब जोशीलाई पराजित गर्दै वडा नम्बर ६ का वडाअध्यक्ष समेत रहनुभएका कमलापती मिश्र सभापती चयन हुनुभएको छ ।