दुहुँका बाढी पिडितका लागि साढे तीन लाख बढी रकम संकलन

२ बर्ष अघि

२0७८ आश्विन ९ शनिबार

दुहुँका बाढी पिडितका लागि साढे तीन लाख बढी रकम संकलन

दार्चुला । अधिवक्ता कृष्ण महराको नेतृत्वमा सोसल भोलेन्टियर ग्रुप दार्चुला मार्फत दुहुँ गाउँपालिका बाढी पहिरो पिडितहरुका लागि साढे तीन लाख बढी सहयोग संकलन भएको छ । गत भाद्र १३ गते राती दुहुँ गाउँपालिका क्षेत्रमा गएको बाढी पहिरोका कारण केही स्थानियहरु घरबार विहिन हुन पुगेका छन् भने उब्जनी योग्य जमिनमा समेत क्षती पुगेको छ । बाढी पिडितहरुको घाउँमा सानै भएपनि मलम लगाउन दुहुँ घर भई हाल काठमाण्डौमा बस्दै आएका महराले देश विदेशबाट सोसल भोलेन्टियर ग्रुप दार्चुला मार्फत सहयोग संकलन गरेका हुन् ।

हाल सम्म देश विदेशबाट ३ लाख ९५ हजार ३३ रुपैयाँ ६५ पैसा सहयोग प्राप्त भएको अधिबत्ता कृष्ण महराले बताउनुभयो ।जसमध्ये अमेरिकाबाट ८९ हजार १ सय ६९ रुपैयाँ ६५ पैसा, मलेशियाबाट ५५ हजार ६ सय २०, दुबईबाट २९ हजार ६ सय ५५, जापानबाट १३ हजार ८ सय ३७, भारतबाट ८ हजार, अष्ट्रेलियाबाट ७ हजार ९, कुबेतबाट २ हजार ८ र नेपालबाट १ लाख ८९ हजार ७ सय ३५ रुपैयाँ सहयोग संकलन भएको उहाँले बताउनुभयो । संकलन भएको रकम बाढी पिडित, गाउँपालिका, २ र ५ नम्बर वडा कार्यालयहरु तथा सरोकारवालाहरुको समन्वयमा वितरण गरिने महराले बताउनुभयो । बाढी पिडितहरुको सहयोग संकलनमा सहयोग गर्ने सम्पुर्णमा उहाँले धन्यबाद ब्यक्त गर्नुभएको छ ।