तिग्रम पुलमा अावत जावत बन्द, पहिराेले लाखाैकाे क्षती (फाेटाे फिचर)

६ बर्ष अघि

२0७५ भाद्र ४ सोमबार

तिग्रम  पुलमा अावत जावत  बन्द,  पहिराेले लाखाैकाे क्षती  (फाेटाे फिचर)

कृष्ण धामी, भाद्र ४ दार्चुला । नेपाल भारत सीमा जोड्ने दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर ५ तिगरममा रहेको झोलुङ्गे पुल दुईदिन देखि बन्द रहेको छ । शनिबार राती परेको अविरल बर्षासँगै तिग्रम पुलमा नेपाल तर्फबाट पहिरो गएपछि पुलमा आवत जावत बन्द गरिएको हो । सस्पेन्सन ब्रीज डिभिजन मार्फत २०७४ सालमा कञ्चनपुरको श्री मना÷मालिका जे भीले निर्माण गरेको उक्त पुल पहिरोको  उच्च जोखिममा रहेकोले आवत जावत बन्द गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।


पहिरोका कारण झण्डै २० लाख बराबरको क्षती 
तिग्रम पुलको ५१ मिटर माथिबाट पहिरो परेपछि पुलमा झण्डै २० लाख रुपँैया बराबरको क्षति भएको छ । सोमबार जिल्ला समन्वय समिति अन्तरगतको हेल्बीटास नेपाल, समाज कल्याण समाज दार्चुलाका झोलुङ्गे पुल कार्यक्रमका टिम लिडर रघुविरसिह ठगुन्ना र सव ओभरसियर राजेन्द्रसिह ठगुन्नाले पहिरोको नाप जाँच गरी क्षतीको विवरण निकालेका छन् ।

पुलछेउमा ३१ मिटर लम्बाईमा पहिरो गएको छ । पहिरोले पु¥याएको क्षतीको विवरण संकलन गरी केन्द्रमा पठाइने र मर्मतका लागि त्यसपछि पहल हुने समाज कल्याण समाज दार्चुलाका झोलुङ्गे पुल कार्यक्रमका टिम लिडर रघुविरसिह ठगुन्नाले जानकारी दिनुभयो ।


स्थानीय समस्यामा 
नेपाल भारत सीमा क्षेत्रमा रहेको तिग्रम पुल बन्द भएपछि व्याँस गाउँपालिकाका स्थानीय समस्यामा परेका छन् । दुई छाक टार्न पनि भारतीय बजारको भरमा रहेका व्याँसका स्थानीयहरुलाई बजार आउन जान समस्या भएको छ । नेपाल तर्फबाट दार्चुला सदरमुकाम खलंगा बजार आउन एक दिन लाग्ने र दैनिक उपभोग्य बस्तु किन्न समेत समस्या भएको स्थानीयले बताएका छन् । पुल बनेपछि त्यसक्षेत्रका तुइन विस्थापित भएसँगै आवत जावतमा समस्या भएको हो । 


पहिरोबाट प्रहरी पोष्ट र पशलमा क्षती 
तिग्रममा पुल बनेपछि नेपाल तर्फ पुलमा अस्थायी प्रहरी पोष्ट स्थापना गरी प्रहरीले सुरक्षा दिँदै आएको थियो । पहिरोले प्रहरी पोष्ट र स्थानीय व्यक्तिको एक पशल बगाएको छ । पछिल्लो समय निरन्तर रुपमा बर्षा भईरहेकाले दार्चुला जिल्लाका विभिन्न ठाउँमा पहिरोले क्षती गरेको छ ।