दार्चुलामा पालिका सभापतीका दर्जनौँ दाबेदार, सहमतिमै नेतृत्व चयनको प्रयास

२ बर्ष अघि

२0७८ आश्विन ९ शनिबार

दार्चुलामा पालिका सभापतीका दर्जनौँ दाबेदार, सहमतिमै नेतृत्व चयनको प्रयास

दार्चुला । सत्तारुढ दल नेपाली काँग्रेसको दार्चुलाका सबै गाउँपालिका र नगरपालिका अधिवेशन आजदेखि भैरहेको छ । चौधौं केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका अनुरुप असोज ९ गते गाउँ र नगरपालिकाको अधिवेशन हुने तय भए अनुसार आजदेखि अधिवेशन सुरु भइरहेको हो ।

काँग्रेसले दार्चुलाका ६१ वटै वडामा यसअघिनै अधिवेशन सम्पन्न गरिसकेको छ । ६१ मध्ये ६० वडामा सहमतिमै नेतृत्व चयन भएपनि पालिका अधिवेसनका लागि भने निर्वाचन हुने सम्भावना बढी देखिएको छ । नौँ वटै स्थानीय तहबाट पालिका सभापतीका दर्जनौँ दाबेदारी मैदानमा छन् । सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकामा तीन जनाले सभापति पदको लागि आंकाक्षा देखाएका छन् । वडा नम्बर ५ का वडा अध्यक्ष तोरनप्रसाद अवस्थी, वडा नम्बर ८ का वडाअध्यक्ष चन्द्रसिह विष्ट र वडा नम्बर ७ का पूर्व सभापति तारादत्त जोशीले महाकाली नगर सभापतिमा आंकाक्षा देखाएका यस्तै व्याँस गाउँपालिका सभापतिको लाग पाँच जना आंकाक्षी देखिएका छन् ।
 शैल्यशिखर नगर समिति सभापतीका लागि अहिलेसम्म मोहनसिंह साउद, धर्मबहादुर खडायत, जगदिश बहादुर बिष्ट, तिलकबहादुर पाल, अशोकसिंह धामी र लक्ष्मणसिंह डागा गरी ६ जनाले आकाक्षां राखेको बताइएको छ । सबैले प्रथम नगरअधिवेसनबाट काग्रेशलाई बलियो बनाउन आफुहरुको उम्मेदवारी हुने दाबी गरेका छन् ।


व्यासको गाउँ सभापतिको लागि वडा नम्बर ५ का वडाअध्यक्ष मङ्गलसिह धामी, नेपाल भारत मैत्री संघका केन्द्रीय सदस्य बासु ऐतवाल, निर्वतमान गाउँ सभापति नरेन्द्र भट्ट, पूर्व जिल्ला कार्यसमिति सदस्य करनसिह धामी र नेपाल तरुण दल व्यासका अध्यक्ष नरेन्द्र विष्टले सभापतिमा उम्मेदवारी प्रस्तुत गरेका छन् । यस्तै दुहुँ गाउँपालिकामा नेपाली काग्रेस वडा नम्बर ३ का सभापति तेजबहादुर बम र वडा नम्बर ४ का वडा सदस्य नरेन्द्र कुवर सभापतिका आंकाक्षी देखिएका छन् । लेकम गाउँपालिकामा गाउँ सभापतिको लागि ७ जना आंकाक्षी देखिएका छन् । लेकम गाउँपालिका सभापति तुला गिरी, वडा नम्बर ६ का वडाअध्यक्ष कमलापति मित्र, नेविसंंघ जिल्ला सचिव हरी जोशी, मोहनदेव जोशी, भुवन जोशी, तारा जोशी र गोविन्द धामी सभापति पदका आंकाक्षी छन् ।

नौगाड गाउँपालिकामा ५ जना आकांक्षी देखिएका छन् । नौगाडमा मङ्गलसिह ठगुन्ना, अर्जुनसिह ठगुन्ना, प्रेमसिह धामी, उदयसिह ठगुन्ना र हरीलाल महताले सभापतिको आंकाक्षा देखाएका हुन् । अपिहिमाल गाउँपालिकामा सभापतिको लागि तीन जना आंकाक्षी देखिएका छन् । गाउँ सभापतिको लागि वर्तमान सभापति शोभनसिह लोथ्याल, काग्रेस जिल्ला कार्यसमिति सदस्य डम्मरसिह कार्की र वडा नम्बर १ का वडाअध्यक्ष धनसिह जागरी सभापतिका आंकाक्षी हुन् । मार्मा गाउँपालिकामा भने औपचारिक रुपमा अहिलेसम्म सभापतिको लागि कसैको दाबी गरेको देखिदैन । मालिकार्जुन गाउँपालिकामा तीन जनाले सभापतिका आंकाक्षी देखिएका छन् । मालिकार्जुन २ का किसनसिह सामन्त, मालिकार्जुन ३ का पदमसिह धामी र वडा नम्बर ७ का प्रेमसिह महर सभापतिका आंकाक्षी देखिएको काग्रेश दार्चुलाले जनाएको छ । सभापतिका उम्मेदवारहरुले सामाजिक सञ्जालमार्फत समेत आफ्नो उम्मेदवारीको प्रचारप्रसार गरेका छन् । उम्मेदबार धेरै देखिएपनि सहमतिमै नेतृत्व चयनको प्रयास हुने काग्रेशले जनाएको छ ।

सात वटा गाउँपालिका र दुई वटा नगरपालिका गरी नौँ वटा स्थानीय तह रहेको दार्चुलामा अधिवेसनको तयारी पुरा भइसकेको र शनिबार नै अधिवेसन शुरु हुने नेपाली काग्रेश दार्चुलाले जनाएको छ । जिल्लाभरीबाट पालिका नेतृत्वका लागि दर्जनौँ नेता तथा कार्यक्रता लबिङ गरिरहेका छन् । युवाहरुको समेत पालिका नेतृत्वका लागि आकर्षण देखिएको छ । खासगरी पालिका सभापती र सचिवका लागि उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दाबी गरिरहेका छन् । सबै स्थानीय तहमा आकांक्षी धेरै देखिएकोले सकेसम्म सहमतिको प्रयास हुने र सहमती गराउन सम्भव नभए लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन हुने नेपाली काग्रेश दार्चुलाका सचिव हरक बिष्टले जानकारी दिनुभयो ।

आज देशभरका ६४ जिल्लामा गाउँ र नगरपालिका अधिवेशन गर्ने कांग्रेश महाधिवेशनको कार्यतालिका छ । बाँकी रहेका १३ जिल्लाहरुको क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण यी जिल्लाहरुको अधिवेशनबारे टुंगो नलागेको बताइएको छ । कांग्रेशले दार्चुलासहित हिमाली २१ जिल्लामा दशैंअघि र बाँकी जिल्लामा दशैंपछि जिल्ला अधिवेसनका कार्यक्रम सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।