दार्चुलामा खुला फुटसल प्रतियोगिता सुरू

२ बर्ष अघि

२0७८ आश्विन ८ शुक्रबार

दार्चुला । दार्चुलामा खुला फुटसल प्रतियोगिता सुरु भएको छ । युथ स्टार व्याइज दार्चुलाद्वारा खुला लिग फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।
सदरमुकाम खलंगास्थित खुलामञ्चमा अयोजित फुटसल प्रतियोगिताको महाकाली नगरपालिका प्रमुख हंशराज भट्टले उद्घाटन गर्नुभयो । 
प्रतियोगितामा प्रथम हुने टिमले बोका, र मेडल पाउनेछन् । भने द्वितीय हुनेटिमले नगद ४ हजार ४४४ तथा मेडल पाउने छन् । प्रतियोगिताका उत्कृष्ट डिफेन्डरले नगद ५ सय, उत्कृष्ट खेलाडी, ५ सय र उत्कृष्ट स्कोररले ५ सय रुपैयाँ तथा ट्रफि पाउने आयोजक विवेक ऐरीले बताउनुभयो ।