रातामाटामा प्रहरी चौकी उद्धघाटन

२ बर्ष अघि

२0७८ आश्विन ७ बिहीबार

रातामाटामा प्रहरी चौकी उद्धघाटन

दार्चुला । दार्चुला जिल्लाकाे लेकम गाउँपालिकाको केन्द्र रातामाटामा प्रहरी चौकी उद्धघाटन गरिएको छ । विहिबार  दिउँसो प्रहरी चौकीको उद्धघाटन गरिएको हो । वडा नम्बर ४ का कार्यबाहक वडाअध्यक्ष कृष्ण पन्तको अध्यक्षता एबं गाउँपालिका अध्यक्ष परमानन्द जोशीको प्रमुख आतिथ्यततामा आयोजित कार्यक्रमका बिच प्रहरी चौकीको उद्धघाटन गरिएको लेकम गाउँपालिका वडा नम्बर २ का वडासदस्य पदमराज जोशीले बताउनुभयो ।

कार्यक्रममा लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशी, जिल्ला प्रहरी प्रमुख डिएसपी मनाहरप्रसाद भट्ट, लेकम गाउँपालिका वडा नम्बर १, २, ५ र ६ का वडाअध्यक्षहरु, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजिवि, स्थानीय, सुरक्षाकर्मी र सञ्चारकर्मी लगायतको उपस्थिति रहेको छ । लेकम गाउँपालिकाको केन्द्र तथा हुनैनाथ माबि रातामाटा नजिक प्रहरी चौकी स्थापना गरिएको छ । रातामाटामा गाउँपालिकाको केन्द्र तोकिएकोले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरी चौकी स्थापना गरिएको बताइएको छ । गाउँपालिकाको माग, जिल्ला सुरक्षा समितिको सिफारिस तथा गृह मन्त्रालयको अनुमतिमा प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।