घट्यो सुनको मूल्य कतिमा भइरहेको छ कारोबार

२ बर्ष अघि

२0७८ आश्विन ७ बिहीबार

घट्यो सुनको मूल्य कतिमा भइरहेको छ कारोबार

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । बुधबार छापावाल सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार  भएकोमा आज ५०० रूपैयाँ घटेर ८९ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँले घटेको छ । आज चाँदी १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।