रातामाटामा प्रहरी चौकी स्थापना हुँदै

२ बर्ष अघि

२0७८ आश्विन ७ बिहीबार

रातामाटामा प्रहरी चौकी स्थापना हुँदै

दार्चुला । लेकम गाउँपालिकाको केन्द्र रातामाटामा प्रहरी चौकी स्थापना हुने भएको छ । विहिबार  दिउँसो प्रहरी चौकीको उद्घाटन गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । रातामाटामा गाउँपालिकाको केन्द्र तोकिएकोले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरी चौकी स्थापना गर्न लागिएको बताइएको छ ।

प्रहरी चौकी उद्घाटनका लागि डिएसपी मनोहरप्रसाद भट्ट लगायतको टोली विहिबार रातामाटा आउन लागेको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जनाएको छ । जिल्ला सुरक्षा समितिको सिफारिस तथा गृह मन्त्रालयको अनुमतिमा प्रहरी चौकी स्थापना हुन लागेको बताइएको छ । 

रातामाटामा सुरक्षा व्यवस्थापन र भौतिक पुर्वाधारको अभाव रहेकोले स्थापनाकालदेखि नै गाउँपालिकाको प्रशासकिय कामकाज खरकडाबाट सञ्चालन भइरहेको छ । पछिल्लो समय स्थानीयहरुले गाउँपालिकाको स्थायी केन्द्र रातामाटाबाट कार्यालय सञ्चालन गर्न दबाब बढाएका छन् ।