दार्चुलामा अस्थायी ट्राफिक प्रहरी पोष्ट थपियो ।

२ बर्ष अघि

२0७८ आश्विन ६ बुधबार

दार्चुलामा अस्थायी ट्राफिक प्रहरी पोष्ट थपियो ।

दार्चुलामा थप एक अस्थायी ट्राफिक प्रहरी पोष्ट थपिएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ चैतलीचौरमा अस्थायी ट्राफिक प्रहरी पोष्ट थपिएको हो । 
मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमाक्षेत्र रहेको चौतलीचौरमा ट्राफिक प्रहरी पोष्ट थप गरिएको छ । महाकाली लोकमार्गको मध्यभाग रहेको सो क्षेत्रमा अस्थायी ट्राफिक प्रहरी पोष्टको मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थी र जिल्ला प्रहरी प्रमुख मनोहरप्रसाद भट्टले बुधबार उद्घाटन गर्नुभएको छ ।
मालिकार्जुन प्रहरी चौकी अन्तरगत रहने गरि सडक दुर्घटना न्यूनीकरण गर्न अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी मनोहरप्रसाद भट्टले बताउनुभयो ।
यसअघि दार्चुला सदरमुकाम खलंगा र गोकुलेश्वरमा ट्राफिक प्रहरी पोष्ट रहेको छ । पोष्टमा तत्काललाई २ जना ट्राफिक प्रहरी खटिनेछन् ।