पाटन नगरपालिकाभित्रका विद्यालयमा संस्कृत विषय पढाइ हुने

२ बर्ष अघि

२0७८ आश्विन ६ बुधबार

पाटन नगरपालिकाभित्रका विद्यालयमा संस्कृत विषय पढाइ हुने

बैतडी । जिल्लाको पाटन नगरपालिकामा आधारभूत तहमा संस्कृत विषय पढाइने भएको छ। नगरपालिका भित्रका विद्यालयहरुमा कक्षा ६ देखि ८ सम्म संस्कृत विषय पढाइने भएको हो। नगर कार्यपालिकाको बैठकले पालिकाभित्रका विद्यालयहरुमा संस्कृत विषय पठनपाठन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

संस्कृत विषय अध्ययनले भाषागत ज्ञानको विकास गर्ने र भाषागत शुद्धतामा समेत सहयोग गर्ने भएकाले कक्षा ६ देखि ८ सम्म संस्कृत विषय पठनपाठन गर्ने निर्णय भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए। आधारभूत तहमा कुनै एउटा बिषय अध्यापन गर्नुपर्ने भएकाले कक्षा ६ देखि ८ सम्म आफूहरुले संस्कृत बिषय पठनपाठन गर्ने निर्णय गरेको उनले बताए।