आमा बनिन् प्रियंका

२ बर्ष अघि

२0७८ आश्विन ६ बुधबार

आमा बनिन् प्रियंका

काठमाडौ । नायिका प्रियंका कार्की आमा बनेकी छन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन् । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि।सं‍। २०७६ साल फागुण १६ गते विवाह गरेका थिए । गर्भवती भएपछि प्रियंकाले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा र आलोचना समेत भएको थियो ।