असारदेखि अवरुद्ध होपरीगाड दल्लेख सडकखण्ड मर्मतपछि सञ्चालनमा

२ बर्ष अघि

२0७८ आश्विन ६ बुधबार

असारदेखि अवरुद्ध होपरीगाड दल्लेख सडकखण्ड मर्मतपछि सञ्चालनमा

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा पर्ने देथला खार खलंगा सडक अन्तरगत होपरीगाडदेखि दल्लेखसम्मको सडकखण्ड मर्मत गरी सञ्चालनमा आएको छ । गत असार २३ र २४ गते भएको अबिरल वर्षाका कारण आएको वाढीले क्षतिग्रस्त देथला खार खलंगा सडक खण्डको होपरीगाड देखि दल्लेख सम्मको अबरुद्ध सडक सञ्चालनमा आएको नौगाड गाउँपालिका योजना शाखा अधिकृत नरेन्दसिह ठगुन्नाले जानकारी दिनुभयो ।

नौगाड गाउँपालिकाले बिगत एक महिना देखि मेसिन र कामदारहरू परिचालन गरेर सडक मर्मत गरेसंगै मंगलरबारबाट होपरीगाड दल्लेख सडक पुनः सुचारू भएको योजना शाखा अधिकृत ठगुन्नाले बताउनुभयो । देथला खार खलंगा सडक बर्षाको समयमा पटकपटक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध हुँदा पैदल यात्रु र यातायातका साधन सञ्चालन गर्न समस्या हुने गरेको छ ।
नौगाड गाउँपालिकालाई खलंगा सदरमुकामसम्म जोड्ने सडक सडक खण्ड अबरुद्ध हुदाँ नौगाड गाउँपालिका र मार्मा गाउँपालिकाका माथिल्लो क्षेत्रका स्थानीयहरुलाई आवत् जावत् गर्न समस्या भएको थियो । होपरीगाडदेखि दल्लेखसम्म सडक खुलाइएपनि महाकाली नगरपालिका क्षेत्रको सडक खुलाउन सकिएको छैन । सदरमुकामदेखि दल्लेखसम्मको सडक खुलाउन नसकिएकाले पूर्ण रुपमा यो सडक सञ्चालन भएको छैन ।