आईपीएलमा कोलकाताको शानदार जित

२ बर्ष अघि

२0७८ आश्विन ५ मंगलवार

आईपीएलमा कोलकाताको शानदार जित

काठमाडौँ । आईपीएल टी ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले शानदार जित निकालेको छ । आबुधाबीमा सोमबार राति कोलकाताले रोयल च्यालेन्जर्स बैंगलोरमाथि ९ विकेटको जित निकालेको हो । बैंगलोरले दिएको ९३ रनको लक्ष्य कोलकाताले मात्र १० ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

कोलकाताको जितमा सुबमन गिलले ४८ रन बनाउँदा भेन्काटेस आयर ४१ रनमा अविजित रहे । बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बैंगलोर १९ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो । बैंगलोरका देबदुत पडिकलले सर्वाधिक २२ रन जोडे । सृकर भारतले १६ रन जोड्दा हर्सल पटेलले १२ रन बनाए । ग्लेन म्याक्सवेल १० रनमा आउट भए । कप्तान विराट कोहली ५ रनमा आउट भए ।

कोलकाताका आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३र३ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए । जितसँगै कोलकाता ८ खेलमा ६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । बैंगलोर १० अंकसहित तेस्रो स्थानमा छ ।