जनस्वास्थ्य क्षेत्रको प्रगतीका लागि सबैले एक ढिक्का हुुनु आवश्यक

२ बर्ष अघि

२0७८ आश्विन ५ मंगलवार

जनस्वास्थ्य क्षेत्रको प्रगतीका लागि सबैले एक ढिक्का हुुनु आवश्यक

दार्चुला । दार्चुला जिल्लाको जनस्वास्थ्य क्षेत्रको परिवर्तनका लागि स्वास्थ्य संस्थाहरु र सरोकावालहरुले हातेमालो गर्नु आवश्यक रहेको कार्यक्रमका सहभागिले जोड दिएका छन । स्वास्थ्य कार्यालय दार्चुलाको आयोजना सञ्चालन गरिएका आर्थिक बर्ष २०७७ ÷७८ को बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रमा बोल्दै सहभागिहरुले उक्त कुरा बताएका हुन । पछिल्लो समय कोरोना महामारीका कारण सबै नागरिकले स्वास्थ्य क्षेत्रमा ध्यान दिएका कारण अबका दिनमा स्वास्थ्य समस्या समाधानका लागि हरेक गाँउपालिका तथा वडा पालिका सम्म चेतना बृद्धि गर्दो लग्यो भने हरेक नागरिकलाई स्वास्थ्य राख्न सहज हुने दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनु भयो ।
कोरोना महामारीका बेलापनि स्वास्थ्य क्षेत्रमा कुनै प्रभाव नपरेको र स्वास्थ्य कार्यालय दार्चुलाले सोचेको लक्ष्यभन्दा राम्रो प्रगति देखिएको जिल्ला जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनु भयो । आर्थिक बर्ष २०७७ ÷७८ मा सर्ने तथा नसर्ने रोगका विरामीहरु घटेको र खानपान र सरसफईमा ध्यान दिएकाले स्वास्थ्य कार्यालयले का मगर्न पनि सहज भएको अधिकृत भट्टको भनाई छ ।
दार्चुला जिल्लामा रहेका सरोकारवाला निकायहरु संगको समिक्षा गोष्ठिमा एक बर्षको अवधिमा गरेका कृया कलापहरुका बारेमा समेत जानकारी गराएका थिए भने आगामी दिनमा जिल्लामा स्वास्थ्य संस्थाहरुको स्थर बृद्धिमा सबैले ध्यान दिनु आवश्यक रहेको कुरापनि बताएका थिए । कार्यक्रममा कोरोना महामारीका बेला स्वास्थ्य क्षेत्रमा सकारात्मक भुमिका निर्वाह गर्ने स्वास्थ्य तथा सञ्चारकर्मीहरुलाई सम्मानीत समेत गरेका छन ।