पिथौरागढमा नेपाल भारत संयुक्त सैन्य अभ्यास सुरु

२ बर्ष अघि

२0७८ आश्विन ५ मंगलवार

पिथौरागढमा नेपाल भारत संयुक्त सैन्य अभ्यास सुरु

दार्चुला । भारतको उत्तराखण्ड राज्य स्थित पिथौरागढ जिल्लामा नेपाल र भारतका सेनाको संयक्त सैन्य अभ्यास सोमबारबाट सुरु भएको छ । ‘१५ औ सुर्यकिरण’ नाम दिएको उक्त संयुक्त अभ्यासमा आतंकबाद विरोधी अभियान र विपद् ब्यवस्थापन अभियान सम्बन्धि दुबै देशका सेनाले अनुभव आदान प्रदान गर्ने बताइएको छ । नेपाली सेनाका महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली संयुक्त सैन्य अभ्यासका लागि भारतको पिथौरागढ गएको नेपाली सेनाका प्रबत्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो ।
संयुक्त बटालीयन स्तरको अभ्यासले दुई देशहरु विच रक्षा सहयोग र सैन्य सहयोग बढाउने अपेक्षा रहेको भारतको पिथौरागढ प्रशासनले जारी गरेको प्रेश बक्तब्यमा उल्लेख छ । १४ दिन सम्म हुने संयुक्त सैन्य अभ्यासमा दुबै देशका ६ सय ५० जना सैनिक तथा सैन्य अधिकारीहरुको सहभागिता रहेको छ ।