दुई बर्षमै खोला फर्कियो (फोटो फिचर)

६ बर्ष अघि

२0७५ भाद्र ३ आईतवार

दुई बर्षमै खोला फर्कियो (फोटो फिचर)

दृष्टिकोण समाचार, भाद्र ३ दार्चुला । हाम्रो समाजमा १२ बर्ष पछि त खोला पनि फर्किन्छ भन्ने उखान छ । महाकाली नगरपालिका वडा नम्बर ८ काँकडामा दुई बर्षमै खहरे खोलाले वितण्डा गरेपछि दुई दिन दार्चुलाको यातायात प्रभावित भएको छ । भाद्र १ गते राती परेको अविरल बर्षाका कारण महाकाली लोकमार्गको काँकडा खोलामा पानी बढेपछि अबरुद्ध भएको सडक दुई दिन पछि सञ्चालनमा आएको हाे । शनिबार विहानै देखि सडक सुचारु गर्न मेसिनहरुले काम गरेपनि आईतबार दिउँसो पछि मात्रै गाडीहरु पास भएका हुन् । गाडी चल्न थालेपनि काँकडा खोलामा अझै जोखिम कायमै रहेको छ ।


प्रमुख जिल्ला अधिकारी सहितको टोलीले आईतबार काँकडा खोलामा अनुगमन गरी बाटो सुचारु गर्न पहल कदमी गरेका हुन् । काँकडा खोलामा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीले पानीको कटान बचाउन जाली भरान गरेका छन् । काँकडा खोलामा यो भन्दा पहिले २०७३ साल असार १६ गते राती परेको अविरल बर्षाले खोलामा बाढी आएपछि आधा दर्जन घर बगाउनुका साथै एक महिलाको ज्यान गएको थियो । यस बाहेक प्राथमिक तहको विद्यालय, लगायत अन्य केही परिवार विस्थापित हुनुका साथै लाखौँको क्षति गरेको थियो ।