आईपीएल टी ट्वान्टी क्रिकेट साविक बिजेता मुम्बइ चेन्नइसँग पराजित

२ बर्ष अघि

२0७८ आश्विन ४ सोमबार

आईपीएल टी ट्वान्टी क्रिकेट  साविक बिजेता मुम्बइ चेन्नइसँग पराजित

काठमाडौँ । आईपीएल टी(ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले साविक बिजेता मुम्बइ इन्डियन्सलाई हराएको छ । कोरोना भाइरसको संक्रमणले स्थगित भएको प्रतियोगिता शुरू भएलगत्तैको पहिलो खेलमा मुम्बइले विजयी शुरूवात गरेको हो । दुबइमा आइतबार राति भएको खेलमा चेन्नइले मुम्बइलाई २० रनले पराजित गरेको हो ।

चेन्नइले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बइले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रनमा सीमित भयो । मुम्बइका लागि सौरभ तिवारीले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । क्विन्टन डी ककले १७ रन जोड्दा अनमोलप्रित सिंहले १६ तथा एडम मिल्नेले १५ रनमा बनाए । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा मुम्बइ मध्यम लक्ष्य चुम्म चुकेको थियो ।

चेन्नईका ड्वाने ब्राभोले ३ तथा दीपक चाहरले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । चेन्नइका रुतुराज गायकवाडले अविजित रहदै ८८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रविन्द्र जडेजाले २६ रन जोड्दा ड्वाने ब्राभोले २३ रन बनाए । मुम्बइका ट्रेन्ट बोल्ट, एडम मिल्ने र जस्प्रित बुम्राहले २र२ विकेट लिए । जितसँगै चेन्नइले ८ खेलमा १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । मुम्बइ ८ अंक जोडेर चौथो स्थानमा छ ।