घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार

२ बर्ष अघि

२0७८ आश्विन ४ सोमबार

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार छापावाल सुन प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार  भएकोमा आज २०० रूपैयाँ घटेर ८८ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १५ रूपैयाँले घटेको छ । आज चाँदी १ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।